हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 516  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको स्वरूप फेरिएको बताएका छन्।

आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अबको लडाइँ संसदमा हुने बताएका हुन्।

‘अब संसदभित्रको लडाइँ प्रमुख भएको छ। विपक्षीहरू कसरी आउँछन्, हाम्रो रणनीति त्यही अनुसारको बन्नुपर्छ,’ओलीको भनाइ उदृत गर्दै स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने,’हामीले हरेक परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ।’

अर्का स्थायी कमिटी सदस्य लेखराज भट्टले बिहीबार बस्ने बैठकले अहिलेको परिस्थितिबारे थप निर्णय गर्ने बताए।

यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्णय गरेको छ।

 

आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ।

त्यस्तै देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!