हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 542  पटक पढिएको

उपराष्ट्रपति नन्दबहादुर पुनलाई बाहिर जान बन्देज नगरिएको उनको सचिवालयले जानकारी दिएको छ । बुधबार उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमार्फत जारी गरिएको विज्ञप्तिमा भनिएको छः ‘ सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूलाई उपत्यका बाहिर जान बन्देज लगाइएको भनी प्रकाशित प्रशारित समाचारप्रति उपराष्ट्रपति सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । यस समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारिन्छ ।’

दलित पत्रकार संघको बुटवलमा आयोजित राष्ट्रिय महाधिवेशन उद्घाटनमा निम्ता आएको र पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने आयोजक पक्षलाई जानकारी गराइएको विज्ञप्तिमा जनाइएको छ । बुधबार केही सञ्चारमाध्यममा उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज लगाइएको भन्दै समाचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!