बुधवार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामा माँग गरेका छन् । विज्ञप्तिमा गौतमले प्रधानमन्त्री ओलीलाई पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने जनाएका छन् ।
उपाध्यक्ष गौतमले राष्ट्रपतिले संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने समेत बताएका छन् । उहाँले अध्यक्षद्वय ओली र दाहाल सँग तुरुन्तै सचिवालय बैठक बोलाउन समेत अनुरोध गरेका छन् ।
‘२०७७ फागुन ११ गते सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो,’ विज्ञप्तिमा उल्लेख छ ।