हिपमत डटकम

मंगलबार, फाल्गुण ११, २०७७ || 772  पटक पढिएको

मेक्सिकोको एक भीडभाडयुक्त बसमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकालाई तीसभन्दा बढी पटकसम्म चक्कूले हमला गरे । यी महिला हमलाका बेला चिच्याइरहेकी थिइन् तर त्यहाँको भीड उनलाई उद्दार गर्नुको साटो रमिते बन्यो । तरपनि यी महिलाको ज्यान भने बचेको छ ।

सिनालोआ शहरमा भएको यो दुर्घटनापछि मानिसहरु स्तब्ध छन् । ३३ वर्षकी यी महिलालाई भेट्न उनका पूर्व प्रेमी आए र अचानक उनीमाथि हमला गर्न थाले । हमलाका कारण महिला रुन थालिन् र मद्दतका लागि गुहार गरिन् ।

महिलाका पूर्व प्रेमीले ३० भन्दा बढी पटक हमला गर्दा पनि उनी बाँच्न सफल भएकी छिन् किनभने चिसो भएका कारण यी महिलाले एउटा निकै मोटो ज्याकेट लगाएकी थिइन् । यो ज्याकेटका कारण महिलाको कुनै पनि महत्वपूर्ण अंगमा क्षती पुगेन जसका कारण यी महिलाको ज्यान बच्यो ।

यो बसमा भएका यात्रुले यी महिलाको मद्दत त्यतिबेला मात्रै गर्न सुरु गरे जब उनका पूर्व प्रेमी हमला गरेपछि त्यहाँबाट भाग्न कोसिस गरे तर यी व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो । स्थानीय मिडियाका अनुसार यी व्यक्तिलाई पक्राउ गर्दा उनले आफूले आफैंलाई मार्ने कोसिस गरेका थिए ।

यद्यपि, यो हमलामा महिलाको हात र खुट्टा नराम्रोसँग काटिएको थियो । स्थानीय मिडियाका अनुसार यो घटना भ्यालेन्टाइन्स डेको केही दिन पछि नै घटेको थियो । घटनाको सिसिटिभी फुटेज हालै मात्र जारी भएपछि यसबारे थाहा भएको छ । मेक्सिको एटर्नी जनरल एलेजाद्रो मनेरोका अनुसार मेक्सिकोमा पछिल्लो थुप्रै वर्षमा महिलाविरुद्ध हिंसामा निकै वृद्धि भएको छ र पछिल्लो पाँच वर्षमा महिलाविरुद्ध हिंसाको घटनामा १३७ प्रतिशतको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!