हिपमत डटकम

सोमबार, फाल्गुण १०, २०७७ || 821  पटक पढिएको

मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ। अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ। पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक स्थलमा भेटिएको सबैभन्दा पुरानो पुरातात्विक संरचना हुनसक्छ।

इजिप्टका प्राचीन वस्तुको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीका अनुसार यो बियर कारखाना नील नदीको पश्चिमी किनारस्थित प्राचीन समाधिस्थल रहेको स्थान एबिडोसमा पाइएको हो । यो स्थान दक्षिणी काहिराबाट ४५० किमी टाढा रहेको छ।

वजिरीका अनुसार यो कारखाना इजिप्शियन राजा नारमेरको क्षेत्रमा भेटिएको छ । राजा नारमेर (३१५० ईसापूर्व देखि २६१३ ईसापूर्व) प्राचीन मिस्रको एकीकरणको जनक मानिन्छ।

वजिरीका अनुसार पुरातत्वविद्ले यस ठाउँमा आठवटा विभिन्न इकाई भेटेका छन् । प्रत्येक इकाई २० मीटर लामो र २ दशमलब ५ मीटर चौडा रहेको छ। यहाँ माटोले बनेका विभिन्न आकृतिका ४० वटा भाँडाकुँडा पनि फेला परेका छन् । उनले यी भाँडाको प्रयोग बियर उत्पादन लागि बाली र पानीको मिश्रण तताउने कार्यका लागि गने अनुमान गरेका छन् ।

यस संयुक्त अभियानको सह अध्यक्षता न्यूयोर्क विश्वविद्यालयका फाइन आर्ट्स संस्थानका डाक्टर म्याथ्यू एडम्स र प्रिन्सटन विश्वविद्यालयका सह प्राध्यापक डेबोरा विसचाकले गरेका थिए ।

एडम्स भन्छन्, ‘ त्यस बेलाका शाही भोजभतेरका लागि यस क्षेत्रमा बियरको यो कारखाना स्थापित गरिएको थियो होला।’ उनका अनुसार पुरातत्वविद्हरुले प्राचीन मिस्रमा बली दिने बेलामा बियरको प्रयोग हुने प्रमाण पनि भेटिएका छन् ।

मिस्रको प्राचीन वस्तुसँग सम्बन्धित मन्त्रालयका अनुसार बेलायतका पुरातत्वविद्हरुले सन १९०० तिर नै यो कारखाना बारे उल्लेख गरेका थिए। तर त्यसबेला यसको लोकेसन पत्ता नलागेका कारण कारखाना उत्खनन हुन सकेन। दाबी गरिएको झण्डै १२० वर्ष पछि बेलायतका पुरातत्वविद्ले भनेको कुरा प्रमाणित भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!