हिपमत डटकम

सोमबार, फाल्गुण १०, २०७७ || 750  पटक पढिएको

मोरङ।मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, ऐ.ऐ. ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् ।

आईतबार दिउसो साढे ३ बजे कटहरी गाँउपालिका -४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ (आठ) ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै सिराहा मिर्चैया नगरपालिका -६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागुऔषध DAILEX-DC सहित पक्राउ परेका छन् ।

हिजो साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका -१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा DAILEX-DC थान-२७ सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!