विराटनगर । संसद बिघठनको पक्षमा फैसला भए लोकतान्त्रीक व्यवस्था नै सत्तम हुने कांग्रेस नेता कृष्ण सिटौलाले बताएका छन ।
आईतबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्रीले गरेको असंबैधानिक कदमको विपक्षमा फैसला भए मात्र लोकतान्त्रीक व्यवस्थाको रक्षा हुनसक्ने बताएका छन ।
नेपाली काँग्रेसका पुर्व महामन्त्री समेत रहेका नेता सिटौलाले अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफु बिस्वस्त रहेको बताए । नेता सिटौलाले प्रधानमन्त्रीले संविधानमाथी आक्रमण गरेको समेत आरोप लगाए ।पुर्व मन्त्री सिटौलाले प्रधानमन्त्रीले विराटनगरमा शिनिबार गरेको भाषणलाई अत्तालीएको मानसिकताको संज्ञा दिनुभयो ।