हिपमत डटकम

शनिबार, फाल्गुण ०८, २०७७ || 1026  पटक पढिएको

न्यायका लागि स्वतन्त्र जनदबाब नामक समूहले बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बलात्कार तथा महिलामाथि हुने यौन दुर्व्यवहार र हिंसाको विरोधमा सडक नाटक प्रस्तुत गरेका छन् ।
सडक नाटकमार्फत् समाजमा सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रममा देशका विभिन्न ठाउँमा भएका बलात्कार र हिंसाका प्रतिनिधि घटनाको स्मरण गर्दै ती घटनामाथि सामाजिक विश्लेषण, देशको कानूनी अवस्था र सुधार गनुपर्ने पक्षबारे जानकारी गराइएको थियो ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, बझाङकी सम्झना विक, बैतडीकी भागरथी भट्टको अभिनय गर्दै न्यायको मागसहित रचनात्मक शैलीमा विरोध प्रदर्शन गरिएको थियो ।
हेटौंडाको सिमा चोक र बुद्ध चोकको सडक नै अवरुद्ध गरेर करिब एक घण्टा युवाहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित जनचेतनामुलक नाटक प्रस्तुत गरेका हुन् ।

महिलामाथि हुने बलात्कार, हत्या तथा हिंसाको घटनालाई निर्मूल पार्न सरकारको मुखमात्र ताकेर नहुने र सिङ्गो समाज नै यस्ता घटनाको विरोधमा लागेर अघि बढ्नुपर्ने कार्यक्रमका सहभागी युवा अभियन्ता विकेशलाल श्रेष्ठले बताए ।

हेटौंडाको हुप्रचौरमा जम्मा भएका युवाहरुले ¥यालीसहित बजारका मूख्यमूख्य स्थानको परिक्रमा गर्दै बुद्ध चोकमा पुगेर सडक नाटक प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!