हिपमत डटकम

शनिबार, फाल्गुण ०८, २०७७ || 845  पटक पढिएको

पूर्व कानुनमन्त्री समेत रहेका नेकपा नेता शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा लागेका छन् । उनकी धर्मपत्नी एवम् प्रदेश नम्बर १ कि सांसद उषाकला राईपनि आज हुने विराटनगरको सभाबाट ओली समूहमै प्रवेश गर्दैछिन् ।

नेता तामाङले प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्रै अहिलेको समस्या समाधान हुने र देशको समृद्धिको यात्रा अघि बढ्ने भएकोले श्रीमान श्रीमती दुवैजना सो पार्टीको कार्यक्रममा सहभागी हुन लागेको उल्लेख गरे । उनले नेकपा एउटै भएपनि कार्यक्रम अलग अलग हुने गरेको र आजदेखि प्रधानमन्त्री ओली पक्षीय कार्यक्रमहरुमा सहभागी हुने जानकारी दिए ।

पार्टी विभाजनपछि केही दिन प्रधानमन्त्री ओली नेतृत्वको केन्द्रीय समितिमा रहेका उनी सो दल छोडेर प्रचण्ड- नेपाल नेतृत्वको नेकपामा रहेका थिए । उनले प्रधानमन्त्री ओली नेर्तृत्वको दल नै मूल नेतृत्व रहेको र पार्टीको जुन दृष्टिकोण विचारधाराबाट प्रशिक्षित भएको थियो भन्दै त्यसलाई छोड्न नसक्ने उल्लेख गरे ।

उनले भने–‘पार्टीमा सम्पर्क, सम्बन्ध पुनर्गठन भइरहन्छन्, जहाँ आफूलाई सहज हुन्छ, जहाँ आफ्नो दृष्टिकोण मिल्छ, त्यहाँ रहेर काम गर्न जो पनि स्वतन्त्र हुन्छन् । सुरुमा मूल नेतृत्व छोड्न हुन्न भन्नेपनि लागेको थियो, अहिले फेरी केही सम्झौता गरेर फर्केका छौँ ।’

उनले प्रचण्ड नेपाल नेतृत्वको नेकपाबाट देशको समृद्धि सम्भव नभएको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!