हिपमत डटकम

शनिबार, फाल्गुण ०८, २०७७ || 551  पटक पढिएको

प्रहरीको नियन्त्रणमा रहेका थुनुवा वैदेशिक रोजगार विभागको कार्यालयबाट भागेका छन् ।

गोरखा अजिरकोट घर भएका सन्तोष सदा शंकर शुक्रवार साँझ बुद्धनगरस्थित बैदेशिक रोजगार विभागबाट प्रहरीको घेरा तोडेर भागेका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

महानगरीय अपराध महाशाखाको टोलीले गोरखा अजिरकोटका सन्तोषलाई पक्रेर बानेश्वर प्रहरीको हिरासतमा राखेको थियो । शुक्रवार वैदेशीक रोजगार ठगी मुद्दामा बानेश्वर प्रहरीले उनलाई विभागमा उपस्थित गरायो ।

विभागले म्याद थप गरेर पत्रसहित प्रहरीलाई थुनुवा जिम्मा लगाएको बताइएको छ । तर, प्रहरीको घेरा तोडेर सन्तोष भागे । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!