हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 609  पटक पढिएको

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताएका छन् । ७१औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित समारोह सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायहरूले निर्वाचनको तयारी समयमा गर्नुपर्छ । मैले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि पुस ६ मा निर्वाचन आयोगलाई बोलाएर अब निर्वाचनको तयारी गर्नुस् भनेको छु ।’ आयोगमा पुगेरै पनि निर्वाचन तयारीबारे सोधबुझ गरेको उनले बताए । ‘तयारी भइरहेको छ भन्नुभयो तर जनताले निर्वाचन आयोगको तयारीबारे त्यत्ति थाह पाउन सकेको छैनन्,’ उनले भने, ‘जनताले थाह पाउने गरी, समयमै निर्वाचन गराउने गरी जुट्नुपर्छ । कतिपय तत्वहरूले यो घोषणा भएको निर्वाचन निर्वाचन नै होइन भन्ने आरोप लगाएका छन् तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि मिति घोषणा गरिएको हो ।’ उनले चुनावविरुद्ध कुनै प्रकारको षड्यन्त्र हुन नहुनेसमेत उल्लेख गरे । सहिदको बलिदानबाट प्राप्त लोकतन्त्रलाई तल पर्न नदिने उनले बताए । लोकतन्त्रमा जनता सार्वभौम सत्ता सम्पन्न हुने उनले उल्लेख गरे । ‘देशलाई आजको समयमा जनताको चेतनाले पछाडि फर्किन दिँदैन, त्यसकारण जनताको साथ लिएर अगाडि बढ्छु,’ उनले भने । प्रधानमन्त्री ओलीले अग्रगामी भिजनका साथ चलेको सरकारलाई परापूर्वकालका अनुभवलाई लिएर चक्रव्युहमा पार्न खोजको बताए । ‘तर चक्रव्युह गठन गर्दागर्दै अन्तिम तयारीको केही मिनेट अघि प्रतिनिधिसभा विघटन भयो,’ प्रज्ञा भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘पार्टी फुटाउने चक्रव्युह थियो । बहुमतको पार्टी फुटाउने, स्थिरता र स्थायित्व भत्काउने अनि अस्थिरता निम्त्याउने चक्रव्युह थियो ।’कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!