हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 1003  पटक पढिएको

बैतडीमा कर णी पछि ह त्या गरिएकी भारगथी भट्टको शव परिवारले घटना भएको १७ दिन पछि दाह संस्कार गरेका छन् । उनीहरुले भागरथीको शव बुझेका छन् । प्रहरी अनुसन्धान पछि अभियुक्त सार्वजनिक गरेपछि पनि प्रमाण चित्तबुझ्दो नआएको भन्दै उनीहरुले शव नबुझ्ने बताएका थिए । तर अभिभावकको रहोबरमा बयान लिने क्रममा दिनेश भट्टले कर णी पनि गरेको स्वीकार गरेपछि भागरथीका परिवारले शव बुझेका हुन् ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्ट हुन् । भागरथीका दाजु केशव भट्टले जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कारका लागि लगिएको बताएका हुन् ।

उनले वयान सुनेपछि आफुहरुले न्याय पाएको प्रतिकृया दिए । गत माघ २१गते विद्यालयबाट घर फर्किने क्रममा हराएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा मृ त फेला परेकी थिइन् । घटनामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडानपछि २३ गतेदेखि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!