हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 922  पटक पढिएको

नेपाली कांग्रेस ओखलढुंगाका नेता मित्रसेन दाहालको निधन भएको छ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका दाहालको शुक्रबार काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको हो। उनको हृदयघातबाट निधन भएको हो।

दाहालको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।

दाहालले पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकालाई देउवाले स्मरण पनि गरेका छन्।

‘कांग्रेस ओखलढुंगाका नेता, महासमिति सदस्य मित्रसेन दाहालको असामयिक निधनको खबरले मलाई अत्यन्त दु:ख लागेको छ,’ उनले भनेका छन्, ‘स्वर्गीय दाहालले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको भूमिकाको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!