हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 868  पटक पढिएको

सुर्खेतको वीरेन्द्रनमा रहेको शिव शिखर एग्रो कम्पनीले राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । शिव शिखर एग्रो कम्पनीले उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो ।

वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्यागसमेत छैन । सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्ति लिप्सले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता भने लिप्समा आन्तरिक राजश्व कार्यालयको ट्याग लगाएको छ ।

दुर्गम पहाडी जिल्लाका उपभोक्तालाई लक्षित गरी उक्त सूर्ति उत्पादन भइरहेको स्रोतले बताएको छ । ‘दुर्गमका मान्छेले केही नहेरेर प्रयोग गर्छन्,’ स्रोतले भन्यो, ‘दुर्गममा पठाएर उक्त कम्पनीले राजश्व छली गर्दै आएको छ ।’

करिब आठ वर्षदेखि यस कम्पनीले सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आएको छ । राजश्व छलेर बजारमा आएपछि उक्त, कम्पनीको सूर्तिसमेत बाँकेको कोहलपुर प्रहरीले बरामद गरेको थियो । अहिले सोही विषयमा तारेख पनि खेपी रहेको कम्पनी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!