हिपमत डटकम

बिहिबार, फाल्गुण ०६, २०७७ || 658  पटक पढिएको

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडिओग्राफी कार्यशाला आज बिहिबारदेखि सुरू भएको छ।

चलचित्र विकास बोर्डमको सभा हलमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानको सहभागी भए।

संघका महासचिव समिर बलामीले संचालन गरेको कार्यक्रमका सभापतित्त्व दिनेश सिटौलाले ग्रहण गरे। संघका संगठन उपाध्यक्ष कुवेर डंगोल संयोजक रहेको तीन दिने फोटोग्राफी तथा भिडिओग्राफी कार्यक्रममा आज पहिलो दिन पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट, हरि न्यौपाने र विजय बस्यालले सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका छन्। आजको कक्षामा हरि न्यौपानेले फोटोग्राफी र विजय बस्यालले भिएफएक्स तथा भिडिओग्राफी बारेमा प्रशिक्षण दिएका हुन्।

फोटोग्राफी तथा भिडिओग्राफी तलिमको उद्घाटन सत्रमा बोल्दै दिनेश डिसीले सिक्ने क्रम कहिले नसकिने भन्दै फोटो तथा भिडिओमा काम गर्न चाहने पत्रकारले हरेक दिन नयाँ-नयाँ प्रविधि सिक्नुपर्ने चुनौती बढ्दै गएको बताए। त्यस्तै, बोर्डका अध्यक्ष दयाराम दाहालले फोटोग्राफी तथा भिडिओग्राफीलाई अनुसाशित भएर सिक्न र सिकेको ज्ञानलाई आगामी दिनमा प्रयोग गर्न अनुरोध गरेका छन्।

तीन दिने कार्यशालाबारे बोल्दै कार्यक्रमका सभापति तथा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले फोटो तथा भिडिओग्राफी तालिम पश्चात समाचार लेखन तथा समीक्षासम्बन्धी तालिम आयोजना गर्ने तयारी भइरहेको बताए। ‘नयाँ कार्यसमिति आएसँगै चलचित्र पत्रकार संघले सदस्य साथीहरूको हित र हामीले गर्दै आएको व्यावसायिक चलचित्र पत्रकारितालाई थप प्रभावकारी प्रखर बनाउनका योजना बनाएको थियौं। जसको सुरूवात हामीले चितवन कार्यशालाबाट सुरू गर्ने भनेका थियौं,’ उनले भने, ‘तर कोरोनाले गर्दा योजनाअनुसार हामी बढ्न सकेनौं। संघले ती योजनाहरूलाई छिट्टै बढाउने वाचा गदर्छ।’

 

त्यसको सुरूवात आयोजकले तीन दिने भिडिओ तथा फोटोग्राफी कार्यशालाबाट सुरू गरेको बताए। यो कार्यशाला आज बिहिबारदेखि यही शनिबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!