हिपमत डटकम

बुधबार, फाल्गुण ०५, २०७७ || 794  पटक पढिएको

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ।

केहीबेर अघि सुरू केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरू भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ।

छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा महाधिवेशन हुनेछ।

भदौमा महाधिवेशन गर्न देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ। संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न मिल्छ।

सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ।

कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। तीन घण्टा ढिलो गरी बैठक सुरू भएको छ।

बैठक बस्नुअघि सभापति र वरिष्ठ नेता पक्षका केन्द्रीय सदस्य आन्तरिक छलफलमा जुटेका थिए।

कांग्रेसले आजको केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिकासमेत सार्वजनिक गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!