हिपमत डटकम

बुधबार, फाल्गुण ०५, २०७७ || 507  पटक पढिएको

गीतसंगीतलाई आधार बनाएर वर्षेनी थुप्रै अवार्ड आयोजना हुने गरेका छन् । यो भिडमा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ पनि थपिएको छ ।
‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडियाले अवार्डको आयोजना गर्न लागेको हो । १४ चैतमा काठमाडौमा भब्य कार्यक्रम सहित अवार्ड आयोजना हुन लागेको हो ।
अवार्डमा लोक, पप, आधुनिक र फिल्म गरेर ३९ विधा समावेश गरिएको अवार्डका संयोजक नवराज भण्डारीले बताए ।

लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, मोडल समावेश छन् । फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नव गायक, नव गायिका, नव मोडल रहेको छ ।
प्राविधिकतर्फ सबै विधा अन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश अवार्डमा पपुलर विधा अन्र्तगत गीत, संगीतकार, गायक, गायिका, मोडल रहेका छन् ।
समारोहमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिनेछ ।

अवार्डका लागि आवेदन फागुन ३ गतेदेखि फागुन २१ सम्म खुल्ला गरिएको छ । सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । आवदेनका लागि निःशुल्क फर्मको व्यवस्था गरिएको छ ।
नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!