हिपमत डटकम
काठमाडौं, १६ माघ ।अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आगामी फागुनमा विवाह गर्ने भएका छन् । उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको उनका नजिकका एक साथीले नाम नखुलाउने सर्तमा बताए । उनका अनुसार प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् ।

विवाहको विषयमा प्रियंका र आयुष्मानले भने आधिकारिक मिति सार्वजनिक गरेका छैनन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान पहिलो पटक फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भेटेका थिए ।

सोहीबाट उनीहरु बीच प्रेम टुसाएको थियो । केही समय प्रेम सम्बन्ध लुकाएका उनीहरुले सम्बन्ध बाहिर आएपछि सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका थिए ।

यो जोडी पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् । हुन त आयुष्मान र प्रियंकाको गत असारमा विवाह हुने चर्चा चलेको थियो । तर, दुवै पक्षका परिवारका सदस्यको समय नमिलेका कारण विवाह हुन सकेन ।

गत मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा प्रियंकाले अर्को वर्ष मात्र विवाह गर्ने बताएकी थिइन् । तर, केही दिन नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो ।

दुई पटक इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाह मिति पर सरिरहँदा धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत काटेका थिए । प्रियंका र आयुष्मान केही दिनका लागि शुक्रबार बिदेश उड्दैछन् । फर्किए पछि बिवाहको निम्तो बाड्ने उनीहरुको योजना रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!