हिपमत डटकम
तनहुँ ,१६ माघ: तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा बाघले आक्रमण गर्यो र ज्यान लिएपछि तनहुँ जिल्लामा चितुवाको आक्रमणबाट ज्यान जानेको संख्या नौ पुगेको छ । भानु नगरपालिकामा बिगत दुई बर्ष देखी चितुवाको अक्रमणमा परेर ६ जना बालबालिकाको ज्यान गएको थियो भने तनहुँकै शुक्लागण्डकी, आबुखैरेनी र बन्दिपुरमा पनि चितुवाको आक्रमणमा तीन जना बालकको ज्यान गएको छ । गत सोमबार आमा र दाजुहरुसंग भोज खाएर हात समाएर आउँदै गर्दा घर नजिकै बाटोमा इसाकलाई बाघले आक्रमण गरेका उनका बाबुले बताए । चितुवा भनिदै आए पनि यो बाघ जस्तै ठूलो रहेको र आमाकै हातबाट माईलो छोरा इसाक सुनारलाई घिसार्दै लगेको उनले बताए ।
साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो । घटनास्थलबाट करीब ८० मिटर तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । कसरी दिउँसै आमाको हातबाट चितुवाले बालक खोसेर लग्यो ? यो स्थलगत रिपोर्ट हेर्नुहोस् ।
https://youtu.be/OJQ4c3phCvg