हिपमत डटकम

शुक्रबार, माघ ३०, २०७७ || 792  पटक पढिएको

बलात्कार आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ गरिएको छ । पक्राउन पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् ।

भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए ।

मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले टिप्पणी गरिन । यसबारे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले घटनाको बास्तविकता बुझी कारवाही प्रक्रिया बढाउन दुल्लू इलाका प्रहरीलाई भनिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!