हिपमत डटकम

शुक्रबार, माघ ३०, २०७७ || 779  पटक पढिएको

मोरङको जहदा–१ धुनिटोलमा आफ्नै ज्वाँईले दाउ प्रहार गरेर गम्भीर भएकी सासुको मृत्यु भएको छ ।

घरायसी विवादका क्रममा बुधबार बिहान ६ः३० बजे दाउले टाउकोमा प्रहार गरेर गम्भीर घाइते महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार ५५ वर्षीया जोसनीदेवी सरबरियालाई झापा गौरिगञ्ज–९ का कनु भनिने प्रेमलाल सरबरियाले आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् ।

बिगत ११ दिनदेखि सुसुरालीमा बस्दै आएका ज्वाँईले बुधबार सामान्य विवादमा सासुको टाउकोमा दाउले प्रहार गरेका थिए, प्रहरी निरीक्षक थापाले भने –गम्भीर घाइते जोसनीदेवीको मृत्यु भएको छ ।
घाइते सासु जोसनीदेवीलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । तर, उपचार संभव नभएपछि नोबेल मेडिकल टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । घटनामा संलग्न ज्वाँईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!