हिपमत डटकम

बिहिबार, माघ २९, २०७७ || 756  पटक पढिएको

म्यानमारमा सेनाले सत्ता हातमा लिएको १० दिनपछि पनि नेताहरु पक्राउ पर्ने क्रम भने रोकिएको छैन ।

बुधबार राति प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका एक निकट सहयोगीसहित चार वरिष्ठ नेता पक्राउ परेका हुन् । स्टेट काउन्सिलरको कार्यालयका मन्त्री किव टिन्ट स्वेसहितका चार जना नेताहरु पक्राउ परेको सुकीको पार्टीले जानकारी दिएको छ । पक्राउ परेका नेताहरुमा रखाइन राज्यका मुख्यमन्त्री पनि छन् ।

सेनाले म्यानमारमा सत्ता आफ्नो हातमा लिएयता अहिलेसम्म २२० मानिसहरु पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा शिक्षक, वकिल, अधिकारकर्मीदेखि समाजसेवीसम्म छन् ।

म्यानमारमा निरन्तर जारी प्रदर्शनको पाँचौं दिन थप चारजना वरिष्ठ नेताहरुलाई पक्राउ गरिएको हो । म्यानमारमा सेनाले कर्फ्यू लगाएको भए पनि प्रदर्शन भने रोकिएको छैन । साथै पाँचजनाभन्दा धेरै मानिस भेला हुन रोक लगाइएको छ । गत मंगलबार म्यानमारमा प्रदर्शनमा सहभागी १९ वर्षीय एकजनाको प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!