बिहिबार, माघ १६, २०७६ || 1239  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१६ माघ: पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ । चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ । सङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर गरेका फर्किइसकेको व्यवसायी सोम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!