हिपमत डटकम

बुधबार, माघ २८, २०७७ || 1024  पटक पढिएको

एक युवा जसलाई हस्तमैथुन गर्न मन लागिरहन्छ र दिमागमा यौनका कुरा मात्र खेलिरहन्छ । के यो रोग हो ? किन यौन सम्बन्ध राख्दा अण्डाशय दुखेर आउछ ?

विशेष गरेर युवावस्थामा यौनेच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौनसम्बन्धी सोच आउनु स्वभाविक हो । यौनेच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो हो । हस्तमैथुन यौनेच्छा साम्य पार्ने एउटा उत्तम उपाय हो । यसलाई रोग मान्नुपर्ने कुनै कारण छैन । हामी सबै नै यौनिक हुन्छौं । प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यस्तो सबै स्वस्थ व्यक्तिमा हुन्छ । मानव जीवनका लागि भोक, निद्रा र प्यासजस्तै यौन पनि आवश्यक कुरा हो । मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राईन सिस्टम (भलमयअचष्लभ कथकतझ) अन्तर्गतका हर्मोन (रागरस) हरूले यौन उत्तेजना सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन्, जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ । त्यसै गरी अर्का्तिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यसको हल के होला ?

यौन सम्पर्क राख्नु नै यौनेच्छा शान्त पार्ने प्रमुख क्रियाकलाप हो । विवाह गर्ने सामाजिक परम्परा यौनेच्छा शान्त पार्न गरिने एउटा सामाजिक उपाय पनि हो । विवाहपूर्व यौनसम्पर्क गर्दा चियो–चर्चाको विषय हुन्छ भने विवाहपछि जति पटक यौन सम्पर्क गरे पनि त्यो चियोचर्चाको विषय हुँदैन । साथै बिवाहपूर्व गरिने यौन सम्बन्ध ठाँउ अनुसार सामाजिक नियम बिपरित पनि हुन सक्छ । प्यास लागे पानी पिउने वा भोक लागे खाना खानेजस्तै यौनेच्छा शान्त पार्ने कार्य गर्नु नै यसको हल हो । यौनेच्छा हुनु समस्या होईन किनभने यो स्वभाविक कुरा हो । जोडी नभएको अवस्थामा यौनेच्छा शान्त पार्न हस्तमैथुनलाई प्रयोग गर्नु यो सामान्य कुरा हो ।

अण्डाशय किन दुखेको ?

यौन उत्तेजनापछि स्खलित नहुँदा पनि अण्डकोषमा पीडा महसुस हुन्छ । यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यस वरिपरिको भागमा रक्तप्रवाह बढी हुन्छ । लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिएर हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष तथा प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले तरल पदार्थ (थिmउजबतष्अ ागिष्म) जम्मा हुन पुग्छ, जसले गर्दा यी अङ्गहरू केही मात्रामा सुन्निन्छन् । यसका कारणले नै अण्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा वा असजिलो वा भारीपन अनुभव हुन्छ ।

अनौपचारिक बोलीचालीको अंग्रेजीमा यसलाई दगिभ दबििक भनिन्छ । लामो समयसम्म बढी रक्त प्रवाह भएर त्यहीँ रहँदा त्यसमा अक्सिजन (प्राणवायु) को मात्रा कम हुन पुग्छ, त्यसैले यो केही गाढा रंगको हुन पुग्छ । त्यसैले यसलाई दगिभ दबििक भनिएको हो । यस्तो स्थिति सिर्जना हुन नदिने एउटा प्रमुख उपाय वीर्य स्खलनको स्थितिमा पुग्नु हो । केही यौन संक्रमणले अण्डकोषसम्मै पुगेर त्यसलाई संक्रमित गर्न सक्छन् । यसो हुँदा अण्डकोष सुन्निने तथा दुख्ने हुन्छ । यस्तो निरन्तर भैरहेको छ भने चिकित्सकबाट जाँच गराउनुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!