हिपमत डटकम

बुधबार, माघ २८, २०७७ || 563  पटक पढिएको

बेलबारी । मोरङको केराबारी–५ सत्तिसालेबाट प्रहरीले मंगलबार बिहान तीनवटा ट्रकसहित तस्करीका ६७ वटा गोरु नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका गोरुसहित ट्रक र चालकलाई आवश्यक कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान इटहरीमा बुझायो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकमा लोड गरिएको अवस्थामा गोरु नियन्त्रणमा लिइएको हो । उनका अनुसार गोरु सिन्धुपाल्चोक घर भएका विश्व बस्नेतको भएको खुलेको छ ।

गोरु लोड गरिएका ट्रक पूर्व–पश्चिम राजमार्गबाट मोरङको सुन्दरहरैँचाको बाँसबारी हुँदै झापाको दमकतिर लगिँदै थियो । तर केराबारी गाउँपालिका–८ का डोरबहादुर विक लगायत नौ जनाले राजमार्गबाट गोरु लोड गरिएको ट्रक अघि बढ्न नदिएर अवरोध पुर्याए । त्यसपछि चालकले तीनवटै ट्रक भगाएर भित्री बाटो हुँदै केराबारीको सत्तिसाले पुर्याएका हुन् ।

घटनाका बारेमा चाल पाएको प्रहरीले बाँसबारीबाट भगाएर सत्तिसाले पुर्याइएको गोरु र ट्रक नियन्त्रणमा लिएको हो । राजमार्ग हुँदै लैजानुपर्ने गोरु भगाएर केराबारी पुर्याएकाले पनि तस्करीको पुष्टि हुने स्रोतको भनाइ छ । बस्नेतसँग लेनदेन विवाद रहेका कारण विकको समूहले ट्रक अघि बढ्न नदिएको पाइएको डीएसपी थापाले बताए । उनका अनुसार व्यवसायमा साझेदारी गर्दाको पैसा बस्नेतले आफूहरुलाई दिन बाँकी रहेको कुरा विकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!