हिपमत डटकम
काठमाडौं ,माघ-१५ गते ।हास्यकलाकार द्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को डेब्यू निर्माण रहेको चलचित्र ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर रमाइलो बनेको छ । चलचित्र समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरमा केही पञ्चलाइन गजब छन् ।

फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । चलचित्रमा सिराताम एक पार्टीमा दत्तचित्त भएर लागेको नेताको भूमिकामा छन् । भने, कुञ्जना आफ्नो पिता (राजाराम पौडेल) को पार्टीलाई समर्थन गर्दै देखिएकी छन् । दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलाई पनि ट्रेलरमा देख्न सकिन्छ । हेर्नुस ट्रेलर

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह-निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सितारामले चलचित्र हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आग्रह गरे । कुञ्जनाले भने ‘सेन्टी भाइरस’ बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!