हिपमत डटकम

मंगलबार, माघ २७, २०७७ || 791  पटक पढिएको

म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन सुरु भएको तीन दिन बितिसकेको छ । केही युवा प्रदर्शनकारीले यस्ता ब्यानर बोकेका छन् जुन देशको पारम्परिक विरोध सन्देशभन्दा भिन्न छन् ।

म्यानमारमा यसअघि भएको विपक्षी अभियानको ठिक विपरित यो पीढि एक स्वतन्त्र देशमा हुर्किएका हुन् । उनीहरुसँग शिक्षा र इन्टरनेटको उत्कृष्ट पहुँच छ र उनीहरु पश्चिमी देशबाट प्रभावित भएका छन् । इन्टरनेट मीम पनि उनीहरु माझ पुगिरहेको छ ।

म्यानमारले अघिल्लो हप्ता सैन्य नेतृत्वले देशको सरकारलाई कू गरेर कमान आफ्नो हातमा लिएको थियो । देशका युवा प्रदर्शनमा समावेश भइरहेका छन् र आफ्नो तरिकाले आफ्ना सन्देश सैन्य नेतृत्वसम्म पुर्याउने कोसिस गरिरहेका छन् । यो नयाँ पीढि (विशेषगरी २४ वर्षभन्दा कम उमेरका युवा) ले प्रदर्शनका बेला व्यंग्यात्मक, चोटिला र थुप्रै पटक आत्म आलोचनाको भाव लिएका ब्यानर बोकेका छन् ।

‘म्यानमारको सेना मेरा पूर्व पार्टनरभन्दा पनि खराब छ’

नयाँ पीढि र एक्काइसौं शताब्दिलाई झल्काउने ब्यानर स्पष्ट रुपमा देखिएको छ ।

एउटा सन्देशमा लेखिएको छ, ‘म्यानमारको सेना मेरा पूर्व पार्टनरभन्दा पनि खराब छन् ।’ यस्तै अर्को सन्देशमा लेखिएको छ, ‘मलाई डिक्टेटरशीप (तानाशाही) होइन एउटा प्रेमीमात्रै चाहिएको हो ।’
म्यानमारमा भएको यो प्रदर्शन सन् २००७ मा भएको तथाकथित केसरिया क्रान्तिपछिको सबैभन्दा ठूलो प्रदर्शन हो । देशका थुप्रै शहरमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन् ।

सोमबार प्रहरीले प्रदर्शनकारीलाई घर फर्कन वा पुनः बलको सामना गर्नका लागि चेतावनी दियो ।

‘तपाईंले गलत पीढिसँग निहूँ खोज्नुभएको छ’

केही प्रदर्शनकारीले निकै चोटिलो भाषामा सैन्य कूलाई अस्विकार गरेका छन् । केही सन्देशमा सेनाले गलत मानिसहरुसँग जोरी खोजेको भनी सन्देश लेखिएको छ ।

एउटा ब्यानरमा जुन सन्देश लेखिएको छ, त्यसको अर्थ हो, ‘तपाईंले गलत पीढिसँग निहूँ खोज्नुभएको छ ।’

यस्तै अर्को सन्देशमा लेखिएको छ, ‘हामीलाई कहिले पनि आफ्नो भविष्य बर्बाद गर्ने स्वतन्त्रता दिइने छैन ।’

‘मेरो सपना सैन्य कमान्डरभन्दा पनि अग्लो छ’

केही प्रदर्शनकारीले सैन्य कमान्डर मिन आन लाङ्ग (एमएएल) को छोटो मानिने कदमाथि पनि टिप्पणी गरिरहेका छन् ।

एउटा पोस्टमा लेखिएको छ, ‘मलाई मनपर्ने एरियाना ग्रान्डे पनि एमएएलभन्दा अग्ली छिन् ।’ अमेरिकी पप गायिका एरियाना ग्रान्डेलाई होचो मानिन्छ ।

अमेरिकी र्यापर कार्डी बीको चर्चित गीत व्याप पनि प्रदर्शनमा देखिएको छ । यो सन् २०२० मा तुरुन्त हिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!