बिहिबार, माघ १६, २०७६ || 1089  पटक पढिएको

हिपमत डटकम
सुनसरी,माघ-१६ गते ।सुनसरी बराहक्षेत्र भित्रि सडकखण्डको रानीखोला पुल स्थितमा ट्याक्टर दुर्घटना हुदा २१ जना घाईते भएका छन । आज बिहान साढे ८ बजे धरानबाट बराहक्षेत्र पुजा गर्न जादै गरेको को२ त ८४८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई भित्रि सडक खण्डको रानीखोला पुलबाट अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुदा ट्याक्टरमा रहेका २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाईते सबैको घोपा धरानमा उपचार भईरहेको तथा ट्याक्टर चालक धरान ५ बस्ने राजमार राई ईलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!