हिपमत डटकम

सोमबार, माघ २६, २०७७ || 666  पटक पढिएको

चीनमा केही महिनाअघि हिरासतमा लिइएकी अस्ट्रेलियाकी पत्रकार चेङ लेईमाथि जासुसी गरेको आरोप लगाइएको छ । यससँगै चीनले आधिकारिकरुपमा उनलाई पक्राउ गरेको छ । उनले चीनको गोप्य जानकारी विदेश पुर्‍याउने गरेको आरोप चीनले लगाएको अस्ट्रेलियाको सरकारले पुष्टि गरेको छ ।

हिरसतमा लिनुभन्दा पहिला चेङ चिनियाँ मिडिया सीजीटीएनमा प्रस्तोताको रुपमा थिइन् । अस्ट्रेलियाका अधिकारीले दिएको जानकारीअनुसार चेङलाई गत अगष्टमा हिरासतमा लिइएको थियो भने गत शुक्रबार आधिकारिकरुपमा पक्राउ गरिएको हो । अस्ट्रेलियाले चेङलाई हिरासतमा लिएको विषयमा निरन्तर आपत्ति जनाउँदै आएको छ ।

अस्ट्रेलियाले चेङमाथि न्यायका लागि आधारभूत मापदण्ड पालना हुनुपर्ने, न्याय सम्पादनको काम स्वच्छ हुनुपर्ने र मानव अधिकार पालना हुनुपर्ने माग राख्दै आएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले आफूहरु अहिलेको कठिन समयमा चेङ र उनको परिवारको साथमा रहेको बताएकी छन् ।

चीनमा जन्मिएकी चेङ अस्ट्रेलियाको नागरिक हुन् । उनी पछिल्लो केही वर्षयता चीनमा काम गर्दै आएकी छिन् । उनको अधिकांश परिवार अहिले अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

गत अगष्ट महिनामा उनी एक्कासी टेलिभिजनबाट हराएकी थिइन् र साथीभाइ तथा आफन्तको सम्पर्कबाट हराएकी थिइन् । उनको रोजगारदाताले पनि आफ्नो वेबसाइटबाट उनको प्रोफाइल हटाएको थियो । पछि चीनले उनलाई हिरासतमा लिइएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!