हिपमत डटकम

आइतबार, माघ २५, २०७७ || 1105  पटक पढिएको

भारतको उत्तराखण्डमा हिमताल ( बारिएर बसेको हिमनदी) विष्फोट भएको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेको हो । हिमताल फुटेलगत्तै स्थानीय धौलीगंगा नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

हिमताल फुटेपछि नदी तटमा रहेको ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता भएका छन् ।

घटनास्थलमा उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावत घटनास्थलतर्फ जाँदैछन् । मुख्यमन्त्री सिंहले उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवथापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । घटनाको अन्य विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!