रुसले विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएको आन्दोलनमा सहभागी भएको आरोपमा स्वीडेन, जर्मनी र पोल्याण्डका राजदूतलाई देशनिकाला गर्ने बताएकोछ । गत महिना नाभाल्नीको समर्थनमा भएको आन्दोलनमा उनीहरु सहभागी भएको रुसले बताएको छ । रुसले उक्त आन्दोलनलाई अवैध आन्दोलन भएको बताउँदै आएको छ ।

रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राजदूतहरुको गतिविधि स्वीकार्य नरहेको बताएको छ । साथै रुसले अन्य मुलुकका कूटनीतिक अधिकारीले अन्तर्राष्ट्रिय कानुन कडाइका साथ पालना गरुन् भन्ने अपेक्षा रहेको बताएको छ । पछिल्लो समय पश्चिमा मुलुकहरुसँग रुसको तनाव बढिरहेको अवस्थामा रुसले केही राजदूतहरुलाई देशनिकाला गर्ने निर्णय गरेको हो । युरोपेली संघ (ईयू)ले भने रुसको यो कदमको विरोध गरेको छ ।

रुसका विपक्षी नेता नाभाल्नीलाई केही समयअघि अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो । उनीमाथि यसअघिको मुद्दाको शर्त उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो । गत वर्ष नाभाल्नीलाई विष दिइएको थियो । त्यसपछि उपचारका लागि जर्मनी गएका उनी रुस फर्किनेबित्तिकै एयरपोर्टबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!