हिपमत डटकम
काठमाडौं ,१६ माघ : पाथिभरा माताको दर्शन गर्दै माघ १६ गतेको राशिफल हेर्नुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । शिक्षामा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग नीलो वा घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधनागरी यात्रा गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योगपनि छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग आकासे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आमदानीका स्रोत बढ्नेछन् । यो साताका लागि शुभअङ्क ७,८ र शुभरङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

चिताएको कामले तीव्रता लिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यानगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । यो साताका लागि शुभअङ्क ३,४ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

साताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुनेछ र केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । सोचेका काम पूरा हुनेछन् । आर्थिक क्षेत्र सबल रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । धर्म,कर्ममा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । सोमवारबाट साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावपनि आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

कार्य सम्पादनमा सहजता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । अधुरो काम पूरा हनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, सचेत रहनु होला । कार्य सम्पादनमापनि समस्या आउला । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!