बुधबार, माघ १५, २०७६ || 882  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, १५ माघ
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले माघ २७ देखि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शिक्षा समितिको आजको वैठकले माघ २७ देखि २९ सम्म पञ्चायत माध्यामिक विद्यालयमा हुने प्रतियोगिताको व्यवस्थापन तथा निर्देशनका लागि नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा समिति गठन गरेको छ ।समितिको सदस्यहरुमाः, नगरका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, इलाका प्रहरी कार्यालयका प्रतिनिधि अनीलकुमार पौडेल, जिल्ला खेलकुद समितिले तोकेको प्रतिनिधि मणि लिम्बू, शिक्षकहरु दीपेन्द्र धमला, भूमिका मगर, चुडामणि भट्टराई, वीना राई चयन हुनु भएको छ । जिल्ला खेलकुदले तोकेको प्रशिक्षक सहितका ३ जना सदस्य पनि रहने छन् । सदस्य सचिवमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलाई चयन गरेको छ । साथै वैठकले नगर भित्रका विद्यालयहरुबीचको सो प्रतियोगिता सञ्चालनका लागि खेलकुद सञ्चालन उपसमिति र विवाद समाधान उपसमिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!