
काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकै दिनमा ५ हजार २ सय रुपैयाँले वृद्धि भएसँगै सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार सुन प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला २७५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।