बुधबार, माघ १५, २०७६ || 868  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, १५ माघ :मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज नगरमा सम्पन्न ३ वटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्वर १ र ६ का योजनाको अनुगमन् गरेको हो । वडा नम्वर १ को जोरधारा सडकको १ सय ४३ मिटर सडक ग्राभेल, त्यहाँ ड्रेन, ढुंगाको गारो, वाल र एउटा ह्यूमपाइप सहित ८ लाखको वडाको योजनाको अनुगमन् भएको छ । त्यसैगरी, वडा नम्वर ६ को राधाजी मन्दिरदेखि डाँस वक्राहा नमूना सडकमार्गको केही रुखहरु समेत हटाएर ६ सय ३० मिटर नाला खन्ने र ३ सय १० मिटर लम्वाई ग्राभेल गर्ने कार्यको अनुगमन् भएको छ । जसका लागि २ लाख रुपैयाँ बजेट छ्ट्याइएको थियो । टोलीले वडा नम्वर ६ कै पशु स्वास्थ्य केन्द्रका लागि २ लाखको बजेटमा ५ वटा सिलिङ पंखा, जिप्सन, ग्रीलको झ्याल, स्लाइडिङ झ्याल र कोठा रंगरोगन गरिएको योजनाको पनि अनुगमन् गरेको छ । साथै त्यहाँ औषधिहरुको अवस्थाका बारेमा समेत जानकारी लिइएको समिति संयोजक वास्तोलाले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!