हिपमत डटकम

शुक्रबार, माघ २३, २०७७ || 602  पटक पढिएको

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएका छन् ।

यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका पनि साफीले बताएका छन् ।

सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् । कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकूको मृत्यु भएको पुष्टि गरेका छन् । तालिबान लडाकू समूहले भने यस झडप र हताहतको कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!