हिपमत डटकम
काठमाडौं ,१५ माघ:द भ्वाइस अफ नेपालको सिजन २ को ब्याटल राउण्डसम्म पुगेकी दार्जिलिङकी चेली बिमोचना लम्जेलले नयाँ गीत सार्बजानिक गरेकी छिन् । ‘तिमी’ बोलको भिडियोमा बिमोचनालाई गायिकाको रुपमा देख्न सकिन्छ भने उनि आफै गाउदै गरेकि छन् । सार्बजनिक गीतमा शब्द, संगीत र एरेन्ज उनका दाई अनमोल लम्जेलले गरेका छन् । हेर्नूस भिडियो यस्तो बनेको छ

बिमोचनाले आफ्नो पहिलो अफिसियल गीत आफ्नै दाई सँग गर्न पाउँदा खुशी भएको बताइन् । उनका दाई अनमोल भारतको दिल्लीमा रहेको एक ब्याण्डको गितारिष्ट हुन् । बिमोचनाले भ्वाइसमा उनकी आमा डेजी बराईलीको गीत गाएर ब्लाइन्ड अडिसन पार गर्दै त्यही गीतबाट निकै चर्चा पाएकी थिइन् । बिमोचना एक दार्जिलिङमा जन्मेर पनि नेपाली गीतलाई माया गर्ने र केही दिनमा अर्को गीत रेकर्डिङको लागि काठमाडौं आउने बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!