बुधबार, माघ १५, २०७६ || 1138  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,१५ माघ:‘निरमाया’ बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार ‘डश म्युजिक नेपाल’ नामक युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपाली फिचर भएका छन् । सागर हाँस्य टेलिसिरियल सक्किगोनीमा ‘बले’को भूमिकाबाट सबैमाझ चिनिएका छन् भने कविता बुगीवुगी सिजन १ की विजेता हुन् ।
राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । ‘निरमाया’ सफलताका कारण ‘निरमाया २’लाई पनि दर्शकरश्रोताले माया गरिदिने कुरामा निर्माण पक्ष ढुक्क देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!