हिपमत डटकम

बुधबार, माघ २१, २०७७ || 659  पटक पढिएको

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको फुलबारी गाविस ७ (हाल धनगढी उपमहानगरपालिका १४ बस्ने) ४२ वर्षीय डबलबहादुर पल्ली मगर रहेका छन् ।

२०६१ कात्तिक २७ गते धनगढी उपमहानगरपालिका १४ त्रिपन भन्ने गाउँमा देउसी भैलो खेली रहेको अवस्थामा मगरसहितले सोही ठाउँ बस्ने बर्ष २९ का जंगबहादुर सिजापतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसलगत्तै उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

उनको खोजी कार्य गर्दै जाँदा प्रहरीले माघ १९ गते आफनै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको र अन्य फरार प्रतिवादीहरुको खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!