
सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका १ सकरदहीबाट सशस्त्र प्रहरीले बुधबार ४१ किलो प्रतिबन्धित गाँजा वेवारिसे अवस्थामा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
पाँच/छ वटा पोकामा करिब एक दर्जन सानो/सानो पोका बनाएर बिक्रीको लागि तयारी अवस्थामा सार्वजनिक जग्गामा लुकाएर राखिएको उक्त गाँजा बरामद गरिएको उहाँले बताउनुभयो ।
ठूलो मात्रा बरामद गरिएको गाँजाको तस्कर गर्ने गिरोह पनि ठूलै हुन सकिने भएकोल यस सम्बन्धमा थप अनुसन्धान कार्य तीब्र पारिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।