हिपमत डटकम

मंगलबार, माघ २०, २०७७ || 832  पटक पढिएको

रुसको स्पुतनिक पाँचौं भ्याक्सिनले कोरोनाविरुद्ध झन्डै ९२ प्रतिशत सुरक्षा दिने अन्तिम चरणको परीक्षण नतिजाले देखाएको छ । लान्सेट जर्नलमा प्रकाशित अन्तिम चरणको रिपोर्टअनुसार यो भ्याक्सिन निकै सुरक्षित छ र यसले अस्पताल भर्ना हुन र मृत्युदर रोक्न पनि पूर्ण सुरक्षा दिनेछ । अन्तिम परीक्षण डाटा सार्वजनिक हुनअघि नै प्रयोगमा आएकाले यसअघि यो भ्याक्सिनलाई लिएर केही विवाद निम्तिएको थियो । यद्यपी, यसको प्रभावकारिता र लाभ अहिले प्रदर्शित भएको वैज्ञानिकहरुले बताएका छन् ।

झन्डै २० हजार जनामा गरिएको अन्तिम चरणको ट्रायलमा यो भ्याक्सिन ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको लान्सेटको रिपोर्टमा उल्लेख छ । यस परीक्षणमा ६० वर्षमाथिका २ हजार १ सय ४४ जना सहभागी थिए । रुसले गत अगस्ट तेस्रो चरणको परीक्षण सुरु गर्नुुअघि नै भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो ।

त्यसैले, कोभिड १९ विरुद्ध आपतकालिन प्रयोगको अनुमति पाउने यो पहिलो भ्याक्सिन हो । फाइजर, मोर्डना, अक्सफोर्ड–एस्ट्रेजेनेका र जान्सेन भ्याक्सिनले पनि अहिले प्रयोगको अनुमति पाइसकेका छन् । फाइजर र मोर्डना अमेरिकी भ्याक्सिन हुन् भने अक्सफोर्ड–एस्ट्रेजेनेका बेलायतमा विकास भएको भ्याक्सिन हो । त्यस्तै, जान्सेन बेल्जियममा विकास भएको भ्याक्सिन हो ।

कहाँ–कहाँ प्रयोग हुँदैछ स्पुतनिक भ्याक्सिन ?

स्पुतिनिक भ्याक्सिनलाई अर्जेन्टिना, प्यालेस्टाइन, भेनेजुुयला, युएई, हंगेरी, ईरानलगायत देशहरुले पनि प्रयोगको अनुुमति दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!