हिपमत डटकम

मंगलबार, माघ २०, २०७७ || 958  पटक पढिएको

बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा निकै हेरिन्थ्यो ।
प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनमा पनि यहि प्रश्न उब्जिएको हुनसक्छ ।

यही प्रश्नको जवाफ प्रीतिले एक अन्तवार्ताका क्रममा दिएकी छन् । जसमा उनले भनेकी छन् ‘मनोरञ्जन दुनियाबाट म टाढा हुनुको एक कारण यो हो कि मलाईआफूलाई बेच्नु छैन ।’ प्रीतिले ‘म जुन काम गर्छु । त्यसैबाट नै चर्चामा रहन चाहने’ बताएकी छन् ।

बलिउडमा कयौँ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म ‘दिल से’को सानो भूमिकामा देखिएकी थिइन् । यसपछि उनी शेखर कपुरको फिल्म ‘तारा रम पप’मा देखिने चर्चा थियो । तर फिल्मबाट उनलाई हटाइयो ।
सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका थुप्रै फिल्म हिट फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!