हिपमत डटकम

सोमबार, माघ १९, २०७७ || 897  पटक पढिएको

नेकपा (बहुमत)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । भर्खर सम्पन्न केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बिष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय पनि गरेको छ । पौडेलको जिम्मेवारी फिर्ता लिने र ओलीलाई साधारण सदस्य समेत नरहने गरी निश्कासन गर्ने यसअघिको निर्णय बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकले पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय पनि गरेको छ । आधिकारिकता दिन आग्रह गर्दै पत्र लेख्ने र केन्द्रीय समिति सदस्यहरुको हस्ताक्षरसहित आयोग जाने निर्णय भएको रिजालले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले प्रतिनिधिसभा विघटनका विरुद्ध पार्टीले गरेका आन्दोलनको कार्यक्रमको समिक्षा गर्दै थप प्रभावकारी र ससक्त आन्दोलनको आवश्यकतामा जोड दिएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा व्यावहारिक रुपले फुटिसकेको छ । पुस ६ गते बसेको बहुमत (प्रचण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन गरेको थियो । यता ओली पक्षले पनि प्रचण्डको कार्यकारी अधिकार खोस्नुका साथै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको थियो । निर्वाचन आयोगले भने दुवै पक्षलाई आधिकारिकता दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!