हिपमत डटकम

सोमबार, माघ १९, २०७७ || 589  पटक पढिएको

अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिएका छन् । अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिनुभएको छ ।

लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको उक्त एम्बुस आक्रमण भएको बताइएको छ ।

बेदाक क्षेत्रमा रहेको प्रहरी चौकीमा आतङ्ककारीले आक्रमण गर्ने योजना गरिरहेको अवस्थामा एम्बुस आक्रमण भएको जनाइएको छ । यस एम्बुस आक्रमणमा परी सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी नगरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!