भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२१/०२२ को बजेट पेश गरेकी छन् । भारतले बजेट मार्फत किसानलाई दिने ऋणको सिमा बढाएको छ । भारतले किसानलाई १६.५ लाख करोडसम्म कृषि ऋण दिने लक्ष्य लिएको छ । विशेषगरी पशुपालन, माछापालन, डेरी सँग जोडिएका किसानको आम्दानी बढाउँन ऋणको प्रयोग गरिने बजेटमा भनिएको छ । भारतले किसानको आय दोब्बर गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री सितारमणले यस पटकदेखि कागजरहित बजेटको शुरुवात गरेकी छन् ।

पेन्सन पाउने ७५ वर्षभन्दा बढीका भारतीय नागरिकले अबदेखि कर तिर्नुपर्ने छैन । पेन्सन पाउने नागरिकले यसबाट लाभ लिनेछन् । भारतले पूर्वाधार क्षेत्रमा विदेशी लगानीलाई शतप्रतिशत छुट दिने बताएको छ । यस्तै सुनचाँदीमा आयात शुल्क कटौती गरेको छ । मोवाइल, सोलार इन्र्भटर, अटो पार्टस लगायतमा भने आयात शुल्क बढाइएको छ । यस्तै वीमा क्षेत्रमा ७४ प्रतिशतसम्मको वैदेशिक लगानी प्रस्ताव गरिएको छ । अहिले ४९ प्रतिशतसम्म वैदेशिक लगानी गर्न पाइन्छ ।

भारतले पेट्रोल र डिजेलमा कृषि कर लगाएको छ । पेट्रोलमा प्रतिलिटर २.५० भारु, डिजेलमा प्रतिलिटर ४ भारु कृषि कर लगाएको छ । यसपटक आयकरको स्ल्याब परिवर्तन गरिएको छैन । भारतले आत्मनिर्भर स्वास्थ्य योजनालाई जोड दिएको छ । कोरोना खोपका लागि ३ अर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यसपटकको स्वास्थ्य बजेट १ सय ३७ प्रतिशतले बढाएको छ ।

रक्सीमा शतप्रतिशत कुषि पूर्वाधार कर लगाइएको छ । यो भोलिबाटै भारतमा लागू हुँदैछ । यसले रक्सी महङ्गो हुनेछ । यस्तै खाने तेलमा पनि कर बढाइएको छ । यसमा कच्चा पाम आयलमा साढे १७ प्रतिशत कर लगाएको छ भने सुर्यमुखी तेलमा २० प्रतिशतले कर लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!