बुधबार, माघ १५, २०७६ || 1443  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,माघ-१५ गते ।हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्र लाभ भएको छ । विल्सन विक्रम राई (तक्मेबुढा)को आजै जन्मदिन पनि परेको छ । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन मनाउँदै छन् । यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी भएको बताएका छन् । एक वर्षअघि उनले इलामकी सरिना लामासँग बिहे गरेका थिए । बिहे गरेको सात महिना पछि मात्र उनीहरूको बिहेको खबर र तस्बिर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!