हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 578  पटक पढिएको

हनोई । भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ । उनी भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन् । भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि शुरु भएको थियो । यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ ।

भियतनाम कम्युनिष्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन् । ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!