हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 1238  पटक पढिएको

भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी भारतकै सबैभन्दा बलियो प्रधानमन्त्रीमा गनिन्छिन् । भारतमा कमै मात्र राजनेता छन्, जसले इन्दिरा जस्तो राजनीतिक इच्छाशक्ति र लोकप्रियता पाएका छन् ।

अब राजनीतिका यी ठूला अनुहार फिल्मी पर्दामा देखिँदैछन् । जसको भूमिकामा कंगना रनावतले अभिनय गर्दैछिन् । शुक्रबार मात्र यो राजनीतिक ड्रामाको घोषणा गरियो ।

फिल्मको नाम हालसम्म तय गरिएको छैन । कंगनाका अनुसार फिल्मको तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । उनले यो इन्दिराको पूर्ण बायोपिक नहुने बताइन् । ‘यो एक पिरियड फिल्म हो । जसका माध्यमबाट देशको सामाजिक र राजनीतिक परिदृश्यलाई प्रस्तुत गरिनेछ । फिल्ममा भारतका लोकप्रिय कलाकारको उपस्थिति हुनेछ ।

कंगनाले फिल्म एक पुस्तकमा आधारित हुने बताइन् । तर उनले पुस्तकबारे केही खुलासा गरेकी छैनन् । यो फिल्ममा इन्दिरा गान्धीको कार्यकालका दुई ठूला निर्णय संकटकाल र अपरेसन ब्लुस्टारलाई चित्रण गरिनेछ ।

कंगनाले फिल्मको बारे जानकारी दिँदै ट्वीटरमा इन्दिरा गान्धीको तस्बिर शेयर गरिन् । फिल्मको निर्देशन कंगनाका साथ ‘रिभल्भर रानी’ निर्देशक साई कबीरले गर्दैछन् । फिल्ममा साई कबिरकै कथा तथा पटकथा हुनेछ । यो एक पिरियड फिल्म हुनेछ, जसमा सञ्जय गान्धी, राजीव गान्धी, मोरारजी देसाई र लालबहादुर शास्त्री चरित्र पनि प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!