हिपमत डटकम

शनिबार, माघ १७, २०७७ || 977  पटक पढिएको

देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकामा काम गर्ने कर्मचारीदेखी जनप्रतिनिधि सम्ममा बढेको कमाउ धन्दा र गैरजिम्मेबारीपनका कारणले अनियमितता बढेको स्थानीयले गुनासो गरेका छन् । सेवाग्राहीको सेवा भन्दा आफ्नै कमाउ धन्दामा लागेकाले गाउँपालिकालाई केहीले भ्रष्ट्रचारीहरुको अखडा बन्दै संज्ञा दिएका छ ।

देवानगञ्ज गाउँपालिको प्रत्येक योजना देखि लिएर कर्मचारी नियूक्तीसम्ममा अनियमितता गरेको र सूचना माग्दा समेत नदिएकाले साच्चै भ्रष्टाचार भएको र भ्रष्टाचारीहरुले ढाकछोप गरेको भन्ने स्थानीयको कुराले पुष्टी गरेको छ । यहाँका वडादेखी पालिकासम्म निर्माणदेखी नियुक्तीसम्म समेतका कार्यमा विना कमिसन, अतिरिक्त रकम र घुस विनाको काम नहुनेगरेको पाइएको सेवाग्राहीको आरोप छ ।

गाउँपालिकाले संचालन गरेको योजनाहरु कमिसनकै कारण गुस्तरहिन हुने गरेको कप्तानगञ्जका स्थानीयको अरोप छ । देवानागञ्ज गाउँपालिकामा निर्माण भएको संरचनाहरु काम सम्पन नहुदै भत्कीन थालेको र चर्किन थालेकाले समेत अनियमितितालाई बल पुगेको देखिएको छ ।

देवानगंज गाउँपलिकामा सोही बिषयहरुलाई अधार बनाई काम सम्पन्न गरको योजना, कर्मचारी नियूत्ती लागयतका सूचना नागरिक अयिभयान अनलाईनले माग गरेकामा हालसम्म सूचना नदिई आलटाल गर्नु र नागरिकले पाकिलालाई भ्रष्टाचारीहरुको सञ्जाल भएको भन्नुको अर्थ केही न केही पक्कै भएको हुन सक्ने युवा नेता डिएन मेहताको भनाई रहेको छ । अनलाईनले नै आधिकारीक रुपमा वा यर्थात के हो भनेर सूचना माग गरेको दुई महिना वित्दा समेत अहिलेसम्म उपल्बध नगराउनु दुभाग्यपूर्ण भएको बताइएको छ ।

सूचना किन नदिएको विषउमा गाउँपालिकाका प्रमुख प्रशाकीृय अधिकृत चुडामणी गुरागाईसंग कुरा गर्दा सबै सूचना दिन नमिल्ने प्रतिकृया दिनुभयो । नदिनुपर्ने कारण सहितको सूचना माग्नेलाई दिनुपर्नेमा मौखिक भनेर पन्छिनुले समेत अनियमिततालाई मलजल गरेको देखिन्छ । सूचना समेत लुकाउनु र सूचनाको हकका बारेमा धनकुटासम्म लाखौ खर्चेको गाउँपालिकामा कतिको भ्रष्टाचार र अनियमिता भएको छ भन्ने कुराको सजिलै अनुमान गर्न सकिन्छ ।

गाउँपालिकाले लिएको अनमि र अहेवको परीक्षमा समेत आर्थिक चलखेल भएको आरोप लागेकोमा त्यसको ढाकछोप भएको छ । देवानगंज गाउँपालिका अध्यक्ष समेतको नाम आर्थिक चलखेल भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
स्थानीय युवा नेता रविन्द्र यादवका अनुसार गाउँपालिका अध्यक्ष लाली प्रसाद मेताले विना कमिसन कुनै पनि काम नगरको अवस्था छ । कमिसन र भ्रष्टाचारमा एकजान मात्रै नभई पालिकाका कर्मचारीदेखी अध्यक्षसम्म लागेको यादवको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!