प्रधानमन्त्री केपी शर्मा ओली जाने भएपछि भरतपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ । मुख्य सडकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरीे ठुलो संख्या खटाइएको छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्ने कार्यक्रम राखिएको छ । यस्तै उनले त्यहाँ सम्बोधन समेत गर्नेछन् ।

यसैबीच ओलीको विरोधमा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेका छन् । प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले कालो पर्चामा ‘असंवैधानिक कदम खारेज गर’, प्रतिगामीहरु होसियारलगायतका नारा लेखेर सडकमा छरेका छन्।

महानगरपालिकाको पहलमा सुरु भएको सिटीहललगायत ओलीले शिलान्यास गर्न खोजिएको भन्दै महानगर र नेकपा चितवनले विरोध गरेको छ । महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

चितवन प्रचण्डको गृहजिल्ला हो भने चितवनमा तुलनात्मक रुपमा प्रचण्ड–नेपाल पक्षको पकड रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!